बीरगंजमा भारतीय ट्रकभित्र सहचालक मृत अवस्थामा भेटिए

 

बीरगंज : बीरगंजमा भारतीय ट्रकभित्र सहचालक मृत अवस्थामा फेला परेका छन्।

बिरगञ्ज महानगरपालिका वडा २२ जगरनाथपुरस्थित परवानीपुरबाट ड्राइपोटतर्फ जाँदै गरेको युपी २५ सी टी ४४६१ नम्बरको भारतीय ट्रकभित्र सोही ट्रकका सह चालक भारत वरैली भुताहा थाना बस्‍ने ४५ वर्षीय सोनु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सहचालक सोनुको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको तथा ट्रक र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

यो पनि पढ्नुस |

हेटौँडा : जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागार्इंलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागार्इंलाई २ वर्ष ६ महीना कैद सजायको फैसला सुनाएको थियो ।

कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटाँैडा–२ बाट नियन्त्रणमा लिएको हो । उहाँलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।