विप्लव समूहका विद्यार्थी नेता काठमाडौंबाट पक्राउ

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौंको अनामनगरमा ११ विद्यार्थी संगठनहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी रहेका अध्यक्ष ढकाललाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

सरकारले विप्लव समूहका गतिविधिलाई प्रतिवन्ध लगाएको छ